Kath khabar
तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता




               काठमाडौं, कात्तिक ६। तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता घोषणा गरिएको छ ।

अगोम गुरुङको शब्द/सङ्गीत, कुन्ती मोक्तानको स्वर र शिलाबहादुर मोक्तानको एरेञ्ज रहेको तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता घोषणा गरिएको हो । प्रतियोगितामा प्रथमहुनेलाई ३५, दोस्रो हुनेलाई २५ र तेस्रोलाई २० हजार नगद पुरस्कारको घोषणा गरिएको छ ।

कार्यक्रममा सहभागीले अगोम गुरुङको अफिसियल युट्यव च्यानलबाट भिडियो डाउनलोड गरेर टिकटक बनाउनुपर्ने छ । यसका लागि सम्पादन गरेको भिडियो मान्य नहुने, लाइभ भिडियो हुनुपर्नेछ । यसमा जसको सबैभन्दा बढी शेयर, भ्युजका साथै अभिनय र नृत्यलाई प्राथमिकता दिइने बताइएको छ । प्रतियोगीले शिब कैलाश कला मन्दिरको अफिसियल टिक टक एकाउन्टमा मेन्सन गर्नुपर्नेछ ।

यसको निर्णयक समितिमा वरिष्ठ नृत्य निर्देशक/लोक गायक तथा सङ्गीतकार ईन्द्र गुरुङ, मोडल तथा कारियोग्राफर बेदबहादुर बुढाथोकी (रोशन बुढाथोकी), सञ्चारकर्मी गीता अधिकारी रहनुभएको छ । यसको संयोजकमा  निर्देशक तथा कोरियोग्राफर नारायण रिजाल रहनुभएको छ ।

कात्तिक २६ गते शनिबार एक विशेष कार्यक्रमबीच विजेतालाई नगद र प्रमाणपत्र दिइने संयोजक रिजालले जानकारी गराउनुभयो । यही कात्तिक २३ गते विजेता घोषणा गरिने रिजालले बताउनुभयो । प्रतियोगीले आवश्यक जानकारीका लागि ९८२५६४८१२१ मा सम्पर्क गर्न सक्नेछन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update