Kath khabar
डोल्पामा आन्तरिक पर्यटकको लहर, साउन यता मात्रै २५ सय पुगे


                    सुर्खेत, कात्तिक २९। डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । ५ वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि बढ्दै गएको हो।

डोल्पामा मात्रै दर्जनौँ पर्यटकीय आकर्षण रहेका छन् । निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से-फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से-गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

dolpa1668493309.jpg

साउनयता मात्रै २ हजार ४ सय ९२ जना पर्यटकले से-फोक्सुन्डो तालको अवलोकन गरेको से-फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । गत असोजमा परेको वर्षा कारण दर्जनभन्दा धेरै ठाउँमा पहिरो खसेर भेरी करिडोर करिब २ साता अवरुद्ध हुँदा अघिल्लो वर्षभन्दा करिब ५ सय पर्यटक घटेको उनले बताए ।

dolpaa1668493489.jpg

‘अघिल्लो वर्ष ३ हजार पर्यटकले फोक्सुन्डो घुमे, यो वर्ष ५ सय घटे, सजिलो र स्तरीय सडक सुविधा, सञ्चार र होटेलहरूको राम्रो सुविधा हुने हो भने पर्यटकको ओइरो लाग्छ,’ उनले भने । डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरूले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update