Kath khabar
सरकारको लागि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने


            काठमाडौं, मंसिर १२ । नेपाल राष्ट्र बैकले सरकारको लागि आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने तयारी गरेको छ । मंसिर १४ गते दुई वर्षे अवधिको विकास ऋणपत्र २०८१ “छ” (२ वर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले यही मंसिर १३ गते अपरान्ह दुई बजेसम्म आवेदन दिन सक्ने छन् । निष्कासन मिति २०७९ मंसिर १४ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८१ मंसिर १४ रहेको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने सुविधा रहेको ऋणपत्रमा अर्धवार्षिकरूपमा व्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा व्याजकर समेत लाग्नेछ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् छ अर्ब ८० करोड र एक अर्ब २० करोड छुट्ट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म तोकिएको छ ।      

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update