Kath khabar
राष्ट्र बैंकद्धारा एकै पटक आठ वटा वाणिज्य बैंकहरूलाई कारवाही


               काठमाडौं, मंसिर १३ । नेपाल राष्ट्र बैंकले एकै पटक आठ वटा वाणिज्य बैंकहरूलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकले मंगलबार कारवाही गरिएका बैंकहरूको सूची सार्वजनिक गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाडौं, कृषि विकास बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आईएमएई बैंक र मेगा बैंकलाई कारवाही गरेको जनाएको छ ।

कारवाही अन्तर्गत आठ वटा बैंकका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक एवं अध्यक्षहरूलाई सचेत गराउनेदेखि जरिवाना समेत गराइएको राष्ट्र बैंकको भनाई छ । कारवाही अन्तर्गत कृषि विकास बैंकलाई सम्पती शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लङ्घन गरेको आधारमा २० लाख रुपैयाँ जरिवाना तिराइएको छ भने बैंक अफ काठमाडौँले विपन्न बर्ग कर्जा प्रवाहमा शीर्षकमा कैफियत देखिएको आधारमा दुई करोड ११ लाख ८५ हजार ६० रुपैंयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।  

प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, सनराइज बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी एवं सञ्चालक समितिलाई भने सचेत गराइएको जानकारी राष्ट्र बैंकले दिएको छ ।  

 


 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update