Kath khabar
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर



           काठमाडौं, मंसिर १३ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरको जाने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

मर्जरका लागि १००ः९० स्वा्प रेसियो कायम गर्ने सहमति भएको छ । जस अनुसार मेगा बैंकमा एक सय कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकमा ९० कित्ता मात्र सेयर पाउने छन् । यस अघि दुबै बैंकले गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सो पश्चात राष्ट्र बैंकले २०७९ असार २२ गते दुवै बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको थियो । 

मर्जर पश्चात बन्ने बैंकको नाम ’नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने र बैंकको अध्यक्ष पदमा नेपाल इन्भेष्टमेन्टका हालका अध्यक्ष पृथ्वीबहादुर पाँडे नै रहने विषयमा पनि दुबै बैंकले सहमति गरेका छन् ।   


 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update