Kath khabar


           ललितपुर, मंसिर १४ । गोदावरी नगरपालिका–५ लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा रहेका ३३ कोटी देवताहरुको मूर्तिमध्येबाट २५ वटा स–साना सहायक मूर्तिहरु गएराति चोरी भएको छ ।

मूर्तिहरू चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेले र प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update