Kath khabar
सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा



           काठमाडौं, मंसिर १५ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गतआर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको ३७२ औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रुपैयाँ मध्येबाट चार दशमलव ७५ प्रतिशतले हुन आउने ४५ करोड ३८ लाख १० हजार छ सय ८६ रुपैंयाँ बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव २५ प्रतिशतले हुन आउने रकम दुई करोड ३८ लाख ८४ हजार सात सय ७३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच मिति २०७९/०४/१५ मा संस्थाप्राप्ति सम्बन्धी सहमति भएको छ जसअनुरूप प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्त भित्र नै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको छ ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update