Kath khabar
कटुवा पेस्तोल सहित २ जना पक्राउ


                  सिरहा, मंसिर १५ ।  गोलबजार नगरपालिका - ११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको १ थान कटुवा पेस्तोल सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

बुधबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका - ४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका - ११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो। उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update