Kath khabar
नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता



              काठमाडौं, मंसिर १६ । नेपाल बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ । दुबै निकायले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने छ । सम्झौता पत्रमा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता कार्यक्रममा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने बताउनुभयो । त्यसैगरी नेपाल नागरिक उड्यन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रमराज गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय बिमास्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने र आगामी दिनमा नेपाल बैंक र नागरिक उड्ययन प्राधिकरणको सम्बन्ध थप प्रगाढ बन्दै जाने बताउनुभयो ।

बैंकले नेपालभर दुई सय २६ वटा शाखा कार्यालय, एक सय ९९ वटा एटिएमका साथै ५० वटा एक्सटेन्सन मार्फत २३ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा पुर्याउँदै आएको जानकारी दिएको छ ।  

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update