Kath khabar
सिन्धुलीबाट २ मोटरसाइकलमा ५ केजी अवैध गाँजा बरामद


                सिन्धुली, मंसिर १८ ।  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट ५  किलो अवैध गाँजासहित २ वटा मोटरसाइकल बरामद गरिएको छ।

शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना २३ प ८७८३ र  प्र. ३ - ०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार ४ जना मोटरसाइकल छाडेर भागेका थिए।

उक्त मोटरसाइकल चेकजाँज गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूको खोजी गरिरहेको पनि प्रहरीले बताए।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update