Kath khabar
इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको मृत्यु


                    काठमाडौँ, मंसिर १९।  काठमाडौंमा आइतबार विवादका क्रममा चक्कु प्रहारबाट घाइते भएका १ जना चिनियाँ नागरिकको मृत्यु भएको छ। झडपमा अर्का १ जना चिनियाँ घाइते भएका छन् । आइतबार दिउँसो ईन्द्रचोकमा चिनियाँ नागरिकहरूबीच झगडा भएको प्रहरीले जनाएको छ ।

झडपमा ३७ वर्षीय फेङ जेङयुङले २ जनालाई चक्कु हानेर घाइते बनाएका छन् । घाइते हुनेमा ३२ वर्षीय ली चुजान र २९ वर्षीय गान साउजिओङ रहेका छन् । लीको पेटमा गहिरो चोट लागेको छ । गानको पेट, छाती टाउकोको दायाँ भागमा चोट लागेको छ ।

गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । लीको उपचार भइरहेको छ । चक्कु हान्ने फेङलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबीच ईन्द्रचोकको बाटोमा विवाद भएको थियो ।

उनीहरू नेपालमा घुम्न आएका थिए । उनीहरू २ वर्ष जाम्बियामा पनि सँगै बसेको प्रहरीले जनाएको छ । बीच सडकमा आर्थिक लेनदेनको विषयमा विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका थिए ।

प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान अघि बढाएको, जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले घटनाबारे अनुसन्धान भैरहेको बताए। 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update