Kath khabar
विन नेपाल लघुवित्तको एफपिओको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट


              काठमाडौं, मंसिर २०। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

संस्थाले निष्कासन गर्ने प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ५१ हजार दुई सय ९३ कित्ता साधारण शेयर प्रचलित कानून बमोजिम अंकित मूल्यमा प्रिमियम थप गरी थप सार्वजनिक निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तीसार, काठमाण्डौमा आज आयोजित एक समारोहबीच  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update