Kath khabar
मृतकको हातबाट ब्रास्लेट चोर्ने भरतपुर अस्पतालका गार्ड पक्राउ

 

                            चितवन, पुस २२ ।  चितवनमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषले लगाएको सुनको ब्रास्लेट चोर्न एकजना पक्राउ परेका छन् । आइतबार नारायणगढ मुग्लिङ सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक तनँहु जिल्ला भानु नगरपालिका वडा नम्बर २ बस्ने ३८ वर्षिय सन्जिव बहादुर रायमाझीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

मृतक सन्जिव बहादुर रायमाझीले हातमा लगाएको सुनको ब्रास्लेट चोरी गरेको आरोपमा प्रहरीले अस्पतालकै गार्ड खोटाङ घरभई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ वर्षिय कृष्ण राईलाई बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई चोरी कसुरमा आज चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update