Kath khabar
पर्याप्त समय र उचित पारिश्रमिकको अभावले राम्रो काम गर्न नपाएका मूर्तिकार डिम्डुङ

 

                       काठमाडौं, पुस २४।  सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको बाघको मूर्ति बनाएका ललितपुरका २९ वर्षीय सीताराम डिम्डुङ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छन्।

पर्याप्त समय नपाएको र कम ज्याला दिइएकाले आफूले राम्रो काम गर्न नपाएको मूर्तिकार सीताराम डिम्डुङ बताउछन्।उक्त मूर्ति बनाउन ५० हजार लागेको बताइएको छ।

"मैले २५ हजार पारिश्रमिक लिएर बनाएको बाघको मूर्ति त्यति नराम्रो पनि त छैन। अलि मोटो भएर मात्र त्यस्तो लाग्या होला। १५-२० लाख ज्याला पाएको भए मैले बोल्ने साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ," डिम्डुङ भन्छन्।

अहिले देशभरि च्याउ उम्रे झैँ बनाइएका तर प्राकृतिक स्वरूप नमिलेका यस्ता मूर्तिहरूको चर्चा भइरहेको छ। डिम्डुङको मूर्तिकलामा १५ वर्ष अनुभव रहेको उनी बताउँछन्।

काँक्रे विहार लगायत सुर्खेतमै अन्य धेरै मन्दिरहरू बनाएको बताउने उनी आफूले गरेको राम्रा कामको चर्चा नहुँदा दुख लागेको उनी बताउँछन्।

 

 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update