Kath khabar
माछापुच्छ्रे बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबिच सम्झौंता



               काठमाडौं, माघ ९ । माछापुच्छ्रे बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबिच सम्झौंता सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) तथा माछापुच्छ्रे बैंकबिच एससिटी युपिआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका हुन ।  बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच भएको यो सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको कम्पनीले जानकारी दिएको छ ।

सम्झौतापछि माछापुच्छ्रे बैंकका ग्राहकहरूले एससिटी युपिआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, एससिटी युपिआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update