Kath khabar
सुदूरपश्चिम र कर्णालीका उच्च भेगमा वर्षासँगै भारी हिमपात

 

                             सुदूरपश्चिम, माघ १० ।  सुदूरपश्चिमको बैतडी सहित उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगास लगायतका उच्च लेकाली भेगमा हिमपात भएको छ। सिगासका किसान दानसिंह बोहराका अनुसार‚ मंगलबार बिहानदेखि हिमपात भएको हो। वर्षा र हिमपातका कारण चिसो बढेको छ।

बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ ।

हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन । त्यहाँ अहिले सबै विद्यालयमा जाडो बिदा छ । हिमाली जिल्लाको उच्च भागमा करिब ५ फिट हिमपात भएको जुम्ला बस्दै आएका मुगुका निवासी नोर्बु लामाले जानकारी दिए। ‘बाहिर हिउँसँगै पानी परिरहेको छ । बाहिर आउने अवस्था छैन,’ लामाले भने, ‘बर्सेनि यो समयमा जाडो र हिमपात भइरहँदा बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई समस्या हुने गर्दछ ।’

यस्तै‚ कर्णालीको जुम्ला‚ हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा हिमपात भएको छ। हिमपातपछि अत्यधिक जाडो बढेकाले जनजीवन प्रभावित भएको छ। लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । वर्षा र हिमपातले किसान हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको वेला वर्षा र हिमपात भएपछि बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update