Kath khabar
आत्मदाहको प्रयास गर्नुअघि यस्तो लेखेका थिए सामाजिक सञ्जालमा प्रेम आचार्यले

 

             काठमाडौं, माघ १० । मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका इलामका प्रेमको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार जारी छ । गम्भीर अवस्थामा उनको अहिले कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ।

उनलाई आत्मदाह गर्नुपर्ने बाध्यता किन पर्यो भनेर सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर आफ्नो शरीरमा आगो लगाएका छन्। आफ्नो जिन्दगीको असफलताको कथालाई उनले सामाजिक सञ्जालमा चित्रण गरेका छन‍्।

उनले आफूले छत्तिसौ वसन्त पार गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हासिल गर्न नसकेको बताउँदै आफ्नो आत्मवृतान्त तथा उनको असफलताको कथा भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update