Kath khabar
रक्षामन्त्रीद्वारा निर्माणाधिन काठमाण्डौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको निरीक्षण भ्रमण



                काठमाडौं, माघ १२ । रक्षामन्त्री हरि प्रसाद उप्रेती र प्रधान सेनापति महारथी प्रभुराम शर्माले बुधबार निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणको दौरान उहाँहरूले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार सुरूङ्ग मार्गको इनलेट, लेनडाँडा सुरूङ्ग मार्गको आउटलेट तथा उक्त आयोजना अन्तर्गत निर्माणाधीन सडक तथा पुलहरुको निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरूको प्रयोग गरी भइरहेका कार्यहरूको प्रशंसा गर्नुभएको छ । साथै, उहाँले उक्त कार्यलाई थप द्रुतगतिमा सञ्चालन गर्न रक्षा मन्त्रालयको तर्फबाट आवश्यक समन्वय एवं सहजीकरण गरिने उल्लेख गर्नुहुँदै उच्च हौसला एवं मनोबलका साथ प्रविधिको अधिकतम प्रयोग गर्दै आयोजना छिटो सम्पन्न गर्न निर्देशन समेत दिनुभएको छ ।

भ्रमणदलमा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका सह-सचिव बाबुराम अधिकारी लगायत द्रुतमार्ग आयोजनाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update