Kath khabar
विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री, तीन व्यक्ति समातिए

 

              काठमाडौं, माघ १६ । ललितपुरमा विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्री बितरण गर्ने तीन जना व्यक्तिहरू पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार पक्राउ पर्नेहरुमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ३ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २७ वर्षीय निरज उप्रेती, स्याङजाको गल्याङ नगरपालिका वडा नं ९ घर भई हाल काठमाडौंको टोखा बस्ने २६ वर्षीय धर्मी गौडेल र सिन्धुलीको तीनपाटन घर भई हाल ललितपुरको टिकाथली बस्ने २६ वर्षीय गणेश बहादुर राना मगरलाई पक्राउ गरिएको हो ।  

विशेष सुराकीका आधारमा प्रहरीले अपरेशन लिमा २ सञ्चालन गरी ति व्यक्तिहरूलाई पक्राउ गरेको जानकारी दिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।

यस्तै सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको हो । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट बिक्री हुने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।  

 

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update