अपराध
                                                
                    
                
                            
                                अवैध चितुवाको हड्डी सहित २ जना पक्राउ
                        
                        
                                                
                                                    
                                सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो
                            
                                             
                                                                    
डडेल्धुरा, फागुन १४ । अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलो सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन्।
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:४३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                    -1761560628.png) 
                    