Kath khabar
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकिकृत कारोबार शुरु



                    काठमाडौं, फागुन १८ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकिकृत कारोबार शुरु भएको छ । बिसं २०५१/०१/२९ गतेबाट सञ्चालनमा आएको प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लि. र बिसं २०६३/०१/०१ बाट सञ्चालनमा आएको सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले विधिवतरुपमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद  सिलवालले एक  समारोहका बिच एकिकृत कारोबार शुभारम्भ गरेका हुन । मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् । दुबै बीमा कम्पनी १ः१ समान शेयर अनुपातमा एक आपसमा मर्जर भए पश्चात् बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी दुई अर्ब ८० करोड भन्दा बढी हुने छ भने बीमा कोषमा दुई अर्ब ३४ करोडभन्दा बढी रहेको छ ।

यसैगरी कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड छ भने बजार पूँजीकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनीद्धारा जारी गरिएको बीमालेख संख्या चार लाख १७ हजार एक सय ८२ रहेको छ । कम्पनीले एक सय २५ वटा शाखा सञ्जाल मार्फत सेवा प्रदान गर्नेछ ।


 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update