Kath khabar
स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच मोबाइल बैंकिङ्ग एपको लागि सम्झौता



                  काठमाडौं, फागुन २४ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) तथा ‘क’ वर्गको वाणिज्य बैंक हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।

थपिएको यस सेवाबाट मोबाइल बैङ्किङ एप एचआई-एमबि प्रयोगकर्ताहरूले भाटभटेनी सुपर मार्केट, बिगमार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरुमार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिनेछ ।

यसै गरी हिमालयन बैंबंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा वित्तिय संस्थाका ग्राहकहरू मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ । विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजीज र स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहक महानुभावहरूले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटिएम, पोस, ई-कमर्स जस्ता सेवा सजिलै लिन सक्नेछन् ।


 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update