Kath khabar
जर्मनीको चर्चमा भएको गोलीकाण्डमा ७ को मृत्यु

 

                 बर्लिन, फागुन २६ ।  जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि ७ जनाको ज्यान गएको छ। सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ। बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो। यहाँको स्थानीय समयानुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो।

यहाँका स्थानीय सञ्चारमाध्यमहरुले शुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको जनाएका थिए। तर पनि अर्का एकजनाको पनि मृत्यु भएको भन्दै यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा ७ जनाको ज्यान गएको जनाएको हो।

गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ। उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update