Kath khabar
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकिकृत कारोबारको सुरु



                           काठमाडौं, फागुन २९ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । दुबै कम्पनीहरुले मर्जर मार्फत सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सालिको) ले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । यस अवसरमा कम्पनीको प्रधान कार्यालयमा बिशेष पूजा तथा कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।  

त्यसैगरी, सोमबार नैं बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन  गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समुह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समुह) गजेन्द्र लाल श्रेष्ठ, (सर्वसाधारण समुह) र त्यस्तै गरि साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट मनोहर दास मूल, (संस्थापक समुह) अरुण राज श्रेष्ठ, (संस्थापक समुह कमल भटृराई, (सर्बसाधारण समुह) गरि छ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।

त्यसैगरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का अध्यक्ष मनोहर दास मूललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष मूलले सोमबार नै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


 

 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update