Kath khabar
पृथ्वी बहादुर शाह सहित ६ जना जेल चलान

 

                  काठमाडौं, फागुन ३० । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा अछामका पृथ्वी बहादुर शाह सहित ६ जना जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

अदालतको आदेशपछि पृथ्वी सहित उनका भाइ विजय विक्रम शाह, सहयोगी अनुप खड्का, चक्र बहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहसँगै पक्राउ परेकी विनिता तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । प्रकरणमा संलग्न अन्य केही अझै फरार रहेका छन् ।

अमेरिकामा अनलाइन मार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो । उनलाई सघाउने अन्तर्राष्ट्रिय समूह माथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update