Kath khabar
महानगरले निर्माण एवं सञ्चालन गरेको शौचालयमै चर्को शुल्क असुली 


                     काठमाडौं, चैत १ ।  काठमाडौं महानगरपालिकाले सञ्चालित सार्वजनिक शौचालयमा चर्को शुल्क असुली गर्ने गरेको भेटिएको छ । काठमाडौं महानगरपालिकाको १३ नं वडाद्वारा सञ्चालित सार्वजनिक शौचालयमा पिसाब फेरेकोकै १० रुपैयाँसम्म असुली गर्ने गरेको पाइएको हो ।

यात्रीलाई सहज गराउन भनेर बालेन्द्र शाह आएपछि उनले विभिन्न निजी संस्थाहरुसँग मिलेर सार्वजनिक शौचालय प्रयोगमा ल्याउने समेत बताएका थिए । केही संस्थाहरुसँग सम्झौता समेत भएको थियो । 

 तर अहिले आफैंले निर्माण एवं सञ्चालन गरेको शौचालयमा समेत पैसा असुली गरेको भेटिएको हो । 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update