Kath khabar
बहुविवाह कसुरमा जेल चलान

 

               सप्तरी, चैत २ ।  सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका वडा नं-२ वस्ने वर्ष २४ का सुरेन्द्र खंगलाई जेल चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले खंगलाई  १ वर्ष २ महिना कैद फैसला सुनाएको थियो । उनी फैसला देखि फरार रहेका थिए ।

खोजतलासको क्रमममा खंगलाई पक्राउ गरी बुधबार जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update