Kath khabar
नक्कली नोट र लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

 

                बिर्तामोड, चैत ३ ।  झापाको बिर्तामोडबाट नेपाल सहित विभिन्न देशका नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर पनि बरामद भएको झापा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रविण ताजपुरिया रहेका छन् । उनीहरुलाई हिजो बुधबार साँझ ५ः३० बजे पक्राउ गरिएको हो ।

सुवास ताजपुरीयाको घर कोठाभित्र लागुऔषध छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा निम्न अनुसारको प्रतिबन्धित लागुऔषध र नक्कली नेपाली तथा विदेशी नोटहरु बरामद गरी ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३९० मिलिग्राम फेला परेको छ । यस्तै, नक्कली नेपाली नोटहरु १ हजारको काटेको ६० थान, एक हजारको नकाटेको २८ थान, ५ सयको काटेको २ थान, नक्कली अष्ट्रेलियन नोट १ सयको ३ थान पनि प्रहरीले बरामद गरेको छ ।

यसैगरी, मोवाइल ४ थान, प्रतिबन्धित लागुऔषध नाइट्राजापेम २८ ट्यावलेट, मे ५ प ९७९७ नम्बरको मोटरसाइकल, सक्कली नेपाली नोट ३ हजार र अन्य देशहरुको नोट ११ थान पनि प्रहरीले उनीहरुको साथबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update