Kath khabar
अमेरिकाबाट आएको ६ केजी ९ सय ग्राम गाँजाको पार्सल बुझ्न आउने ३ जना पक्राउ

 

                       काठमाडौं, चैत ३ ।  अमेरिकाबाट आएको झण्डै ७ किलो गाँजा सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दयानी, सर्लाहीको हरिहरपुर नगरपालिका-३ का फैज आलम र गोरखाको गण्डकी गाउँपालिका-४ का २३ वर्षीय रुपक अर्याल रहेका छन् ।

ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको हो ।

parcle1679039576.PNG

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले ६ केजी ९ सय ग्राम गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।उक्त पार्सल बुझ्न आउने क्रममा दयानी र आलमलाई पक्राउ गरिएको एसपी जोशीले बताउनु भयो

त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको छ ।

pack1679039608.PNG

उक्त पार्सल रिसिभ गर्ने क्रममा अर्याललाई पक्राउ गरिएको उहाँले बताउनु भयो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update