
काठमाडौं, चैत ६ । देशमा अहिले स्थानीय वायु प्रणालीसँगै पश्चिमी वायुको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक बदली रही पहाडी भेग र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय