Kath khabar
मेयर बालेन्द्र शाहविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन

 

                 काठमाडौं, चैत १३ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' विरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरिएको छ ।

सुकुम्बासीहरुलाई कानुन विपरीत उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए । उनले संविधान, कानुन विपरीत भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्धा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update