Kath khabar
लिटिल मिस एन्जेल २०२३ को आवेदन खुल्यो 

 

                काठमाडौं, चैत २४ । यहि मे २१ देखि शुरु हुन गइरहेको लिटिल मिस एन्जेल २०२३ को आवेदन खुलेको छ।

आयोजक कलश इभेन्ट प्रा. लि का प्रबन्ध निर्देशक सञ्जय महर्जनका अनुसार हरेक वर्ष आयोजना गर्दै आएको लिटिल मिस एन्जेलको यो चौथो संस्करण हो ।

निर्देशक महर्जनका अनुसार प्रतियोगिताका सहभागीहरूलाई व्यक्तित्व विकास लगायत नेतृत्व, आत्मविश्वास, बाल यौन दुर्व्यवहारबारे सचेतना कक्षा (गुड टचरब्याड टच), ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व जस्ता विषयमा प्रशिक्षण दिनुका साथै सिर्जनात्मक क्रियाकलापमा प्रतियोगीलाई सहभागी गराइनेछ। ९ देखि १३ वर्ष पुगेका बालबालिकाहरुको लागि यो सुवर्ण अवसर हुने निर्देशक महर्जनले बताए ।

आवेदन शुल्क रु ५०० रहेको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेको लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टिसर्ट प्राप्त गर्नेछन्। (व्यावसायिक प्रसिद्ध फोटोग्राफर) द्वारा फोटो सेसन, विभिन्न प्रख्यात व्यक्तित्व, प्रशिक्षक, कलाकारद्वारा प्रशिक्षण दिइनुका साथै तालिम अवधिभर खाजाको व्यवस्था गरिएको निर्देशक महर्जनले जानकारी गराए।  

तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ । रोहिया महर्जनको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमश: २५ हजार, १५ हजार र १० हजार नगद सहितको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।    

 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update