Kath khabar
माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुचारु



                  काठमाडौं, चैत ३०। माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

यो सेवा सुचारु भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट-भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

रेमिट्याप वालेट मार्फत बिभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update