Kath khabar
गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा

 

              गैँडाकोट, वैशाख ३ ।  नवलपुरको गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिएका छन् ।

शुक्रबार बिहान ६ बजे देखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको बटम स्टेसनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी १०० वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेसनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले पहिलो यात्रुका रूपमा यात्रा गरेका थिए । 

केबलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ । करिब २ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले २ तर्फी मूल्य ५ सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए ।

उनका अनुसार केबलकारले ३ देखि  ४ फिटसम्मका बालबालिकाका लागि ३ सय ३०, विद्यार्थीका लागि ४ सय १५, ज्येष्ठ नागरिकका लागि ४ सय १५ र फरक क्षमता भएकाहरूका लागि २ सय ७५ रुपैयाँको टिकटदर राखेको छ । केबलकारले ८० वर्ष माथिका वृद्धवृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीका लागि निःशुल्क सेवा दिने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update