Kath khabar
नबिल बैंकसँगको सहकार्यमा सामसङले ल्यायो सम्पूर्ण नयाँ ग्यालेक्सी क्यासब्याक योजना


                 काठमाडौं, वैशाख ५ । विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ ।

यस योजनाको लागि सासमसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा रु.२०००/- क्यासब्याक प्राप्त गर्नेछन् ।

सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो र उपलब्ध भएदेखि नै तिनमा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भूत विशेषताहरुको कारण मोबाइल बजारलाई तताइदिएको छ । यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रङ्गहरूमा उपलब्ध छन्, जसले ग्राहकहरुलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि ग्राहकहरुका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरुले उनीहरूसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update