Kath khabar
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि बिहान १ बजेदेखि ७ बजेसम्म बन्द रहने

 

                   काठमाडौं, वैशाख ६ ।  भोलि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द गरिने भएको छ ।

विमानस्थल कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै वैशाख सात गते बिहान १ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय तर्फका कुनै पनि उडान तथा अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलमा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहँदा विभानस्थलभित्रको विद्युत आपूर्ति बन्द हुने हुनाले यो अवधिमा उडान तथा अवतरण बन्द रहने सुचनामा उल्लेख गरिएको छ ।

यो समयमा यात्रा गर्ने यात्रुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गरी आवश्यक व्यवस्था मिलाउन विमानस्थलले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update