Kath khabar
यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरूद्ध १ करोडको भ्रष्टाचार मुद्दा

 

                काठमाडौं, वैशाख १९ ।  यातायात व्यवस्था कार्यालयका काठमाडौं सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराई विरूद्ध १ करोड १५ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी माथि अख्तियारले अनुसन्धान गरेको थियो। उनले २०३८ साउन १ गते देखि २०७५ मंसिर मसान्तसम्म सार्वजनिक सेवामा काम गरेका थिए। त्यस अवधिमा उनी र उनको परिवारको सम्पत्ति माथि अख्तियारले छानबिन गरेको थियो। 

त्यसबाट उनले १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको हो। उनको अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर गरेको पुष्टि भएको भन्दै अख्तियारले उनी विरूद्ध मुद्दा दायर गरेको हो। बिगो रकम कायम तथा जफत गरी कैद सजाय समेत मागदाबी गरिएको छ।

उनले आफ्ना सम्पत्तिहरू पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पनि अख्तियारले जनाएको छ। ती सम्पत्ति जफत गरी उनीहरूलाई पनि प्रतिवादी बनाउनुपर्ने अख्तियारले उल्लेख गरेको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update