Kath khabar
पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि ३ दिन म्याद थप

 

                    काठमाडौं, वैशाख २० ।  जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोप लागेका उनी आज दिउँसो प्रहरी कार्यालयमा आफैं उपस्थित भएका थिए। अदालतले सचिव पाण्डे माथि पहिलो पटक अदालतले ३ दिन हिरासतमा राखेर थप अनुसन्धानका गर्नका लागि प्रहरीलाई अनुमति दिएको हो।

पाण्डे तत्कालीन गृहसचिव हुँदा यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले पक्राउ गर्ने तयारीमा रहेका उनी आफैं प्रहरी समक्ष उपस्थित भएका थिए।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update