Kath khabar
परराष्ट्र मन्त्रालयका नायब सुब्बा बेगनास तालमा मृत भेटिए

 

                पोखरा, वैशाख २५ ।  पोखरामा परराष्ट्र मन्त्रालयमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्। 

सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवण कुमार विकले जानकारी दिए। 

उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन्। 

उनको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update