Kath khabar
यूनिटेक हाइड्रोपावरको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


                 काठमाडौं, वैशाख २५ । यूनिटेक हाइड्रोपावर कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

यसको लागि क्यापिटलले यूनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गर्नै एक सय रुपैयाँ अंकित दरका ३६ करोड ६७ लाख रुपैंयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गर्नुभएको छ । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update