Kath khabar
मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरूलाई नयाँ बानेश्वरको “दृश्य लाउन्ज” मा विशेष छुट



              काठमाडौं, वैशाख २५ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैङ्किङ ग्राहकहरुलाई थप सेवा दिन नयाँ बानेश्वरको “दृश्य लाउन्ज” सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैङ्किङ ग्राहकहरुले नयाँ बानेश्वरको “दृश्य लाउन्ज” मा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड  प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update