Kath khabar
खाजा खान गएका व्यक्तिको हत्या पछि गल्छी त्रिशुली सडक अबरुद्ध, होटलका सञ्चालक सहित ६ जना पक्राउ

 

                   धादिङ, वैशाख २८ ।  हिजो बेलुका गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका गल्छी गाउँपालिका ८ कटलपौवाका २७ वर्षीय विनोद थापा मगरको हत्या भएको छ ।

विनोदको हत्या आरोपमा होटल सञ्चालक २८ वर्षीय निरज पण्डित र पण्डितकी आमा सरस्वती सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) धर्मजित थिङले बताउनुभयो।

उहाँका अनुसार खाजा खाएको १,१०० रुपैयाँ तिर्न विनोदले १,५०० रुपैयाँ दिएको तर ४०० रुपैयाँ फिर्ता नपाए पछि विवाद शुरु भएको थियो । छुरा प्रहारबाट घाइते भएका विनोदलाई सँगै खाजा खाइरहेका २ जना साथीले राति नै उपचारका लागि काठमाण्डौको नर्भिक अस्पताल ल्याएका थिए ।

तर, अस्पताल ल्याउना साथ विनोदको ज्यान गएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।घटनापछि स्थानीय बासिन्दाले गल्छी त्रिशुली सडक राति देखि बन्द गराएका छन् । उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update