Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जना विरुद्ध मुद्दा दर्ता

 

                काठमाडौं, जेठ १० ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ३० जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

बुधबार सरकारी वकिल कार्यालयले उनीहरु विरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरि अभियोग पत्र दायर गरेको हो ।

मुद्दा दर्ता भएका मध्ये पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोप बहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधान सभा सदस्य एवं कांग्रेस नेता आङ्टावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सहितका १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update