समाज दर्पण
                                                
                    
                
                            
                                आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने
                        
                        
                                                
                                                    
                                काठमाडौं उपत्यकामा बिहानै देखि पारिलो घाम लागे पनि दिउँसो बदली र वर्षा हुने सम्भावना छ
                            
                                             
                                                                    
काठमाडौं, जेठ १२ । आज बिहान देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। यसले अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। अहिले देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो आंशिक देखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हवाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
काठमाडौं उपत्यकामा बिहानै देखि पारिलो घाम लागे पनि दिउँसो बदली र वर्षा हुने सम्भावना छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:४५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                                                 
                                                 
                     
                     
                    -1761560628.png)