Kath khabar
आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

 

                 काठमाडौं, जेठ १४ ।  आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लामा भने हावाहुरी चल्ने अनुमान छ । मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो पछि काठमाडौं सहित पहाडी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसो पछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु तथा भारतमा बनेको न्यून चापीय क्षेत्र र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसकै प्रभावका कारण अहिले कोशी प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएको छ भने बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली छ ।

 सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा भने यो प्रणालीको असर परेको छैन । यी प्रदेशको मौसम सामान्यतया सफा छ । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update