Kath khabar
महोत्तरीमा पेस्तोल देखाएर बैंक लुटपाट 


                 महोत्तरी, जेठ १६ ।  महोत्तरीको महोत्तरी गाउपालिका २ को महोत्तरी बजारमा रहेको एनएमबी बैंक शाखामा पेस्तोल देखाएर लुटपाट भएको छ।

बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भिक आनुमान छ। ४ जना अज्ञात व्यक्तिहरू आएर बैंक लुटेर फरार रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update