Kath khabar
बागमती र विष्णुमती लगायतका नदी किनारमा रहेका ’अनधिकृत’ बसोबास हटाइने

 

               काठमाडौं, जेठ १६ । सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने जनाए।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update