Kath khabar
एकै महिनामा हवाइमार्ग हुँदै ७७ हजार ७ सय ३ जना पर्यटक नेपाल भित्रिए

 

                काठमाडौं, जेठ १८ ।  पर्यटक आवागमन कोभिड अगाडिको अवस्थामा फर्किएको छ। हवाई मार्ग हुँदै मे महिनामा ७७ हजार ७ सय ३ जना पर्यटक नेपाल भित्रिएका छन्। कोभिड अघि सन् २०१९ को मे महिनामा हवाई मार्ग हुँदै ७८ हजार ३ सय २९ पर्यटक नेपाल भित्रिएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्।

भारतबाट ३६ हजार ५ सय ७५ जना पर्यटक नेपाल आएका छन्। त्यसपछि दोस्रो धेरै पर्यटक अमेरिकाबाट ८ हजार ५ सय ४५ जना पर्यटक नेपाल आएका छन्। अमेरिकी पर्यटक धेरै आउँदा खर्च पनि धेरै गर्छन्।

चीनले कोभिडको नियम खुकुलो पारेपछि चीन तेस्रो धेरै पर्यटक आउने मुलुकमा परेको छ। चीनबाट ४ हजार ६ सय ६७ जना पर्यटक नेपाल घुम्न आएका छन्।

व्यवसायीहरुका अनुसार चिनियाँ पर्यटक विस्तारै बढ्दो क्रममा रहेको छ। ‘पर्यटन क्षेत्र विस्तारै पूरानै लयमा फर्किन थालेको छ। मे महिनाको तथ्यांकले हामीलाई उत्साहित बनाएको छ,’ एक व्यवसायीले भने।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update