Kath khabar
सिनामङ्गलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो 

 

                 काठमाडौं, जेठ २८ ।  काठमाडौंको सिनामङ्गलमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध ओसार पसारको आशङ्कामा पक्राउ गर्ने क्रममा विकास भगत माथि गोली चलाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

गोली लागेर घाइते भएका भगतको अहिले काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको साथबाट १०० ग्राम लागु औषध बरामद भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update