Kath khabar
नबिल इन्भेष्टमेन्ट बैंकिङले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने



                काठमाडौं, जेठ २९ । नबिल इन्भेष्टमेन्टले युनाइटेडमा अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने  भएको छ ।

कम्पनीले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । युनाइटेडमा इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

यससँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, शेयर दाखिल खारेज, नामसारी लागत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैंकि लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update